पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ: मेयर आचार्य

पाेखरा | मंसिर ८, २०७९

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ: मेयर आचार्य

पोखरा:   पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु.२५ हजार राशिको संरक्षण पुरस्कार समेत हस्तान्तरण गर्नुभयो ।


पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यसका अलवा सो क्षेत्र तीन जिल्लाको संगमस्थल भएका कारण तीनै जिल्लाका स्थानीय सरकारहरूको एकीकृत प्रयासमा आफूहरू यसको विकासका लागि तत्पर रहेको उहाँले बताउनुभयो ।  


‘पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत यो रहेको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको विकासका लागि पोखरा महानगरपालिकाको एकल प्रयासले मात्र सम्भव हुदैन्, यसमा पञ्चासेसंग जोडिएका पर्वत र स्याङ्जाले समेत उत्तिकै जिम्मेवार भएर लाग्नु पर्छ ।’ पञ्चासे क्षेत्रलाई आर्युवेदको विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । पञ्चासे क्षेत्रका विषयमा सरोकार राख्ने सबै संघसंस्थाहरुको छाता संस्था बनाएर अगाडी जानुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।


यसैबिच प्रमुख आचार्यले बालाचर्तुदशी कै अवसरमा पोखरा २३ भन्ज्याङमा पञ्चासे आदर्श क्लबद्वारा आयोजित वृहद पञ्चासे संरक्षण सरसफाइ तथा ११ औँ पञ्चासे सिधाने बालाचर्तुदशी मेला २०७९ को उद्घाटन पनि गर्नुभयो । महानगरको खेलकुद विकासमा आवश्यक पूर्वाधारहरू निर्माण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षण सहित सक्षम खेलाडीहरू उत्पादनमा उहाँले जोड दिनुभयो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गर्दै विद्यालय स्तरबाटै खेलकुदको विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।


पञ्चासे जाने क्रममा दमदमे, सिधाने, कुद्वीडाँडा, भन्ज्याङ, पन्चदासे लगायतका स्थानमा स्थानीयहरू भेटघाट तथा अन्तरक्रिया समेत गरिएको छ । सो क्रममा स्थानीयहरूले बाटोघाटो, पानी, बत्ती लगायतका आधारभूत आवश्यकताको सहज पहुँच वृद्धिको माग गरेका छन् । महानगर भित्र पर्ने ग्रामीण क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहेको प्रमुख आचार्यले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्